१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ११ शुक्रबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ११ शुक्रबार १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीले सोध्नुभयो भने भनौँला : महन्थ ठाकुर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ११ शुक्रबार १६:५४:oo

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनाएको छ। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका वेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको बताए। 

शुक्रबार बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरूले आवश्यक निर्णय गर्ने पनि स्पष्ट पारे।  ‘पार्टी दर्ता नै भर्खर भएको छ। त्यसपछि पनि हामीलाई बोलाउनुहुन्छ, सोध्नुहुन्छ, अनि कुरा राख्छौँ। जाने–नजाने कुरा त मैले भनिसकेँ नि। हाम्रो पार्टी हामी कतिचोटि भेटिसकेका छौँ नि, सामूहिक रूपमा पनि भेटिराखेका छौँ। अलग–अलग पनि भेटेका छौँ। तर, कुनै पनि छलफलमा सरकारमा जाने विषयमा छलफल भएको थिएन। किनकि हाम्रो पार्टी निर्माण गर्ने, स्थापना गर्ने कुरा चलिरहेको थियो। त्यसैले सरकारसँग यी कुराहरू पनि उठ्ला वा शेरबहादुरजीले सोध्नुहुन्छ भने हामी यो विषयमा कुरा गर्छौँ ।’

सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको उनको भनाइ छ। ‘हामी सत्तारुढ गठबन्धनमा छैनौँ । चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरौँला,’ उनले भने।