१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १३:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस उपसभापति निधिले खोले सम्पर्क कार्यालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:३९:oo

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेका छन् । आज शुक्रबार काठमाडौंको बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालय खोलेका हुन् । उनले पानसमा बत्ती बालेर र वरपिपलमा सिञ्चन गरेर कार्यालयको उद्घाटन गरे ।

पार्टीको १४औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिका दाबेदार मानिएका निधिले आफ्नोतर्फबाट तयारी सुरु गरेका हुन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सभापतिमा दाबेदारी नगर्न र आफूलाई सहयोग गर्न आग्रह गर्दै आए पनि निधिले सभापतिमा उम्मेदवारी दिने पक्का भएको छ ।

ad
ad