१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
देवेन्द्र कार्की धरान
Invalid date format १५:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

को हुन् प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य ?

Read Time : > 1 मिनेट
देवेन्द्र कार्की धरान
नयाँ पत्रिका धरान
Invalid date format १५:५२:oo

सुनसरी क्षेत्र नं. १ (ख)बाट प्रदेश सभामा विजयी नेकपा एमालेका सचिव भीमप्रसाद आचार्य बिहीबार प्रदेश १ का मुख्यमन्त्रीमा नियुक्त भएका छन्। आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले बिहीबार नै शपथग्रहण  गराएका छन्। संविधानको धारा १६८ (१) अनुसार उनी मुख्यमन्त्री बनेका हुन्।

बिहीबार बिहान संसदीय दलका बहुमत सदस्यले उनलाई संसदीय दलको नेता चयन गरेका हुन्। ५१ सदस्य मध्ये २४ सदस्यको उपस्थितमा उनी दलका नेता चयन भएका हुन्। मुख्यमन्त्री शेरधन राईले आजै संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । करिब तीन घन्टाको अवधिमा नै राजीनामा, नियुक्ति, शपथग्रहण र पदभार ग्रहण सबै काम सकिएको हो।

आचार्य र निवर्तमान मुख्यमन्त्री राई बिहीबार काठमाडौंबाट विराटनगर आएलगत्तै दलको नेता परिवर्तन भएका हुन्। पार्टी एकता जोगाउन आचार्यलाई मुख्यमन्त्री बनाइएको बताइएको छ।

मुख्यमन्त्री बनेका आचार्यले ०७४ को निर्वाचनामा सुनसरी १ बाट प्रदेश सभामा स्थान पक्का गरेका थिए। आचार्यले २० हजार दुई सय ११ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार बुद्धि कटुवाल १२ हजार नै सय ४६ मत ल्याएर पराजित भएका थिए । आचार्य यसअघि संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं. ६ बाट विजयी भएका थिए।

२०१६ साल वैशाख १४ गते धनकुटामा जन्मिएका आचार्य लामो समयदेखि सुनसरीको इनरुवामा स्थायी बसोवास गर्दै आएका छन्। सन् १९९५ देखि विद्यार्थी राजनीति गर्दै आएका आचार्य सन् १९९७ देखि एमाले राजनीतिमा सक्रिय छन्। २०७१ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका थिए।

२०७४ पछि संसदीय दलको नेतामा उनी राईसँग दुई मतले पराजय भएका थिए । माधव नेपालनिकट मानिने आचार्य एक वर्षअघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनुपर्छ भन्ने अभियानमा थिए। नेपालले नयाँ दल दर्ता गरेपछि उनी एमालेमा रहने घोषणा गरेका थिए।