१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३६:oo
Read Time : < 1 मिनेट
समाचार

कांग्रेस अधिवेशन : ३७ जिल्लाको मतदाता नामावली तयार, दुर्गममा साँझसम्ममा निर्वाचन सामग्री पुर्‍याउने तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३६:oo

नेपाली कांग्रेसले ३७ जिल्लाको क्रियाशील सदस्यता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्र, मतदाता नामावलीको छपाइको काम टु‌ंग्याएको छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबारसम्ममा ३७ जिल्लाका लागि आवश्यक छपाइको काम सकिएको हो। 

पौडेलका अनुसार क्रियाशील सदस्यता विवाद भइरहेका स्थानको मतदाता नामावली छपाइको काम निरन्तर भइरहेको छ। भदौ ११ सम्ममा ७७ वटै जिल्लामा मतदाता सूची र निर्वाचन सामग्री पुर्‍याउने योजनाअनुसार छपाइको काम भइरहेको उनले नयाँ पत्रिकालाई जानकारी दिए।

‘क्रियाशील विवाद नभएका स्थानको छपाइ निरन्तर भइरहेको छ। ‘११ भदौसम्ममा ७७ वटै जिल्लामा मतदाता सूची र निर्वाचन सामग्री पुगिसक्छन्,’ पौडेलले नयाँ पत्रिकासँग भने। 

पौडेलका अनुसार हिमाली र दुर्गम जिल्लाहरूमा बुधबार साँझसम्ममा हेलिकाेप्टरमार्फत निर्वाचन सामग्री पुर्‍याउने तयारी भइरहेको छ। उनले छपाइ भइसकेका नामावली क्रमशः निर्वाचन समितिलाई बुझाउँदै जाने र बाँकी काम सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको जानकारी दिए। दुर्गम र हिमाली जिल्लाहरूमा आज साँझसम्ममा निर्वाचन सामग्री  सदरमुकामसम्म पुर्‍याइने तयारी भइरहेको छ।