१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नाबालक छोरीसहित श्रीमान्–श्रीमतीले गरे आत्महत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२१:oo

कोरोना संक्रमण भएपछि झापाका रविन विक साउदी अरब जान पाएका थिएनन्

कनकाई–१ सिर्जना टोलका रविन विक ऋण लागेपछि गत साउन अन्तिम साता वैदेशिक रोजगारीमा जान काठमाडौं गए । साउदी अरबका लागि भिसा लागेको थियो । आठ महिने छोरी रुविनालाई भारी मनले छाडेर बिदा भएर राजधानी गए उनी । विदेश उड्न कोरोना परीक्षण अनिवार्य छ । ३१ साउनमा काठमाडौंमा कोरोना परीक्षण गराए । रिपोर्ट आयो–पजिटिभ । त्यहीकारण वैदेशिक रोजगारीको उनको यात्रा रोकियो । 

घरबाट सँगै बिदा भएर हिँडेका दाइ रोजगारीका लागि साउदी उडे । तर, उनी भने घर फर्किए । विदेश गएर ऋण तिर्ने वाचा गरेका उनी घर फर्किएपछि साहुले च्याप्न थाले । पीर खप्न नसकेर ३४ वर्षीय रविन सोमबार बिहान २९ वर्षीया श्रीमती मुना र आठ महिनाकी छोरी रुविनासहित घरमै झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परे । ‘१० लाखभन्दा बढी ऋण रहेछ । छिमेकीका अनुसार दैनिक सात/आठजना पैसा माग्न आउँथे रे !’ कन्काई–१ का वडाध्यक्ष रोशनराज खनालले भने, ‘एकजना उनलाई ऋण दिनेका अनुसार विदेश गएर तिर्ने पनि भनेका रहेछन् । तर, विदेश जान नपाएर दैनिक साहु्को टर्चर खप्न नसकेपछि आत्महत्या गरेको अनुमान हामीले गरेका छौँ ।’

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार परिवारका तीनजना सोमबार बिहान झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरू केही वर्षयता मात्र कन्काई नगरपलिकामा बस्दै आएको उनले बताए । ‘बिहान अबेरसम्म नउठेपछि छिमेकी गएर हेर्दा झुन्डिएको देखेपछि प्रहरीलाई खबर आएको हो । आमा मुना र आठ महिनाको छोरी एउटै डोरीमा छन् । आमाले छोरीलाई छातीमा केहीले बाँधेर टँसाएको छ,’ डिएसपी थापाले भने, ‘रविन छुट्टै डोरीमा झुन्डिएको देखिन्छ । प्रारम्भिक अनुसन्धानमा आत्महत्याको कारण ऋण नै देखियो ।’

प्रहरीका अनुसार यसअघि रविन बहराइन, कतारलगायतका देश बसेर आएका थिए । पछिल्लो समय उनले विभिन्न म्यानपावरमा एजेन्टको रूपमा काम गर्दै आएका थिए । त्यही क्रममा म्यानपावरबाट ठगिएपछि उनले आत्महत्या गरेको हुन सक्ने वडाध्यक्ष खनाल बताउँछन् । ‘उनी वैदेशिक रोजगारीमा पठाउने काम पनि गर्दा रहेछन् । त्यस क्रममा केही मान्छेबाट विदेश पठाउने भनेर पैसा पनि लिएका रहेछन् ।  ऋण उठाउन घरमा आउनेको संख्या पनि बढ्दै गएपछि यस्तो भएको हुन सक्छ,’ उनले भने, ‘केही दिनअघि रविनबाट पैसा उठाइदिनुपर्‍यो भन्दै मलाई पनि फोन आएको थियो । मैले पनि कि न्यायिक समिति जानु या त ठगी हो भने प्रहरीकहाँ जानु भनेर फोन गर्ने व्यक्तिलाई सुझाब पनि दिएको थिएँ ।’ रविनको परिवार करिब आठ धुर जग्गामा टिनको छानो लगाएर घर बनाएर केही वर्षदेखि त्यहाँ बस्दै आएको वडाध्यक्ष खनालले जानकारी दिए । 

ad
ad