१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १६:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्ष जेल सजायको फैसला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५८:oo

इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ। कोरोना भाइरसको महामारीका वेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको हो।

जकार्ता अदालतले पूर्वसामाजिक मामिलामन्त्री बटुबारालाई दोषी प्रमाणित गर्ने पर्याप्त प्रमाण र आधारहरू रहेको जनाएको छ। अनियमितताको आशंका र आरोपपछि स्थलगत निरीक्षण गर्दा उनले अनियमितता गरेको भेटिएपछि गत डिसेम्बरमा पक्राउ परेका थिए।

उनलाई जेल सजायसँगै ३५ हजार अमेरिकी डलरबराबर जरिवाना तिराउनसमेत अदालतले आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रपति जोको विडोडोले पनि जनताको रकमको दुरुपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने प्रतिक्रिया दिएका छन्। इन्डोनेसियामा भ्रष्टाचार ठूलो समस्याका रूपमा रहेको छ। धेरै राजनीतिक नेताहरू अनियमिततासम्बन्धी घटनामा मुछिने गरेका छन्।

यसअघि अर्का मन्त्रीलाई पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिएपछि पाँच वर्षका लागि जेल सजाय तोकिएको थियो । रासस