१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १४:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

साउनमा १४२ मानव अधिकार उल्लंघनका घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:४१:oo

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गत साउनमा एक सय ४२ मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका जनाएको छ। इन्सेकले सोमबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार एक सय आठ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लंघनका घटना भएका हुन्।
 
इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट एक सय ३८ पीडित भएका पाइएको छ। त्यसमध्ये प्रदेश १ मा २५, प्रदेश २ मा ४९, लुम्बिनी प्रदेशमा १९, गण्डकी प्रदेशमा १७, कर्णाली प्रदेशमा १५ तथा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा ६–६ जना पीडित भएका छन्।
 
साउन महिनामा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि एक हत्या, हिरासतमा मृत्युका दुई, कुटपिट नौ, जातीय विभेदका तीन घटना सार्वजनिक हुँदा १५ जना घाइते भएका घाइते र एक पुरुष यौन दुर्व्यवहारमा परेको जनाइएको छ। तीमध्ये बाल अधिकार उल्लंघनका घटना ५१ भएको प्रतिवेदनमा उल्लेख छ। अभिलेखित घटनामध्ये बलात्कार ३९, यौन दुर्व्यवहार १०, बेचबिखन एक र बेचबिखन प्रयासको घटना एक भएको इन्सेकले जनाएको छ।
 
इन्सेकका अनुसार महिला अधिकार उल्लंघनका घटना ३९, बलात्कारका घटना २०, बलात्कार प्रयास पाँच, यौन दुर्व्यवहार तीन, जबर्जस्ती यौन कार्यमा लगाइएको एक, एसिड प्रहार एक, ‘बोक्सी’ आरोप एक र घरेलु हिंसा तीन भएको छ। रासस

ad
ad