१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंसहित देशभर गाईजात्रा मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:३२:oo

नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाईजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । कोरोना भाइरसका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन काठमाडौं जिल्ला प्रशासनले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)सहित नेवार समुदायको बाहुल्य रहेका देशभरका विभिन्न स्थानमा गाईजात्रा मनाउन लागिएको हो ।

आजका दिन गाई वा मानिसलाई गाईको रूपमा सिँगारेर आफ्नो क्षेत्रमा परिक्रमा गर्ने चलन छ । यसरी मानिसलाई गाईको रूपमा सिँगारेर नगर वा आफ्नो क्षेत्र परिक्रमा गर्नाले वर्ष दिनभित्र दिवंगत भएकाहरूले धर्मशास्त्रमा वर्णित वैतरणी नदी सहजै पार गर्न सक्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ ।

राजा प्रताप मल्लले पुत्रको मृत्युको शोकमा भावविह्वल भएकी रानीलाई बुझाउनका लागि सबै जनतालाई आफ्नो घरबाट गाईजात्रा निकाल्नू भनेर आदेश दिएपछि यो पर्व सुरु भएको बताइन्छ । रानीलाई खुसी पार्न गरेको यो उपायले पनि रानी खुसी नभएपछि आजकै दिन विभिन्न हास्य व्यंग्यात्मक सिर्जनाहरूको कार्यक्रम आयोजना गरेर राजाले रानीको मन शान्त पारेको इतिहास छ । यसैबीच, सरकारले गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदासमेत दिएको छ ।  

 

ad
ad