१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ५ शनिबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ भदौ ५ शनिबार १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल पक्षका नेता- सरकारमा जाने बाटो खुल्दै छ, ओली पक्ष भन्छन्- एमालेमा फर्कनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ भदौ ५ शनिबार १७:३६:oo

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुनेबित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्। नेता चौधरीले पाँच दिनभित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरू पनि आफूहरूकै पार्टीमा आउने दाबीसमेत गरे। 

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, 'म भन्न चाहन्छु– पाँच दिनभित्र सबैजना  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ । निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ। त्यसपछि दल दर्ताको प्रमाणपत्र प्राप्त हुन्छ। हामी सरकारमा जाने ढोका खुल्छ ।’

नेता चौधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको पनि बताए।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवं प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आफ्नै पार्टीमा फर्कन नेकपा एकीकृत समाजवादीका नेताहरूलाई आग्रह गरे। त्यसका लागि अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गरेरअघि बढ्न तयार रहेको उनको भनाइ छ।

नेता ठाकुर गैरेले पार्टी एकताका लागि १४ जना सांसदहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गरे। वरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिनसमेत दबाब दिए। उनले आफूहरू पार्टी एकताको पक्षमा उभिएको पनि पटक–पटक दोहोर्‍याए। नेता गैरेले दुईतिहाइ बहुमत प्राप्त सरकारबाट पार्टीलाई सडकमा ल्याउने काम नेतृत्वले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।