मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकता विधेयकको सम्बन्धमा एनआरएनएद्वारा सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५३:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संसद्मा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै संसद्बाट पारित गर्न सरकारको ध्यानाकर्षण गराएको हो। संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेट गरी ध्यानाकर्षण गराएको हो।

सो अवसरमा मन्त्री कार्कीसहित राष्ट्रिय र प्रतिनिधिसभाका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। भेटमा संघका तर्फबाट अध्यक्ष पन्तले यसपटक पनि विधेयक पास नगरीकनै संसद् अन्त्य भएपछि गैरआवासीय नेपाली ऐन संशोधनको प्रकृयासमेत प्रभावित बनेको बताए। अध्यक्ष पन्तले नेपाल सरकारको सहभागितासहित गैरआवासीय नेपालीले १० अर्बको लगानी भित्र्याउन सुरु गरिसकेको जानकारीसमेत दिए।

संघका नागरिकता निरन्तरतासम्बन्धी स्रोतव्यक्ति सरोज दाहालले यसमा भएका प्रगति र देखापरेका समस्याबारे अवगत गराए । बैठकमा एनआरएन डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले गैरआवासीय नेपालीहरूको लगानीलाई प्रोत्साहन गर्दै लगानीका लागि देखापरेका सम्स्याहरू छिट्टै सम्बोधन भएमा ५० अर्बसम्मको हुन सक्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक नीतिगत सुधारका लागि मन्त्री कार्कीसँग अनुरोध गरे।

सो अवसरमा मन्त्री कार्कीले नागकिता विधेयकमा गैरआवासीय नेपालीको विषयमा कुनै समस्या नरहेको भन्दै अन्य मिल्न बाँकी असहमतिलाई टुंग्याएर छिट्टै विधेयक पास गर्ने प्रतिबद्धता जनाएका छन्। विधेयकमा सरकार सदैव विदेशमा रहेका नेपालीप्रति उदार रहेको उल्लेख गर्दै उनले संविधानमा व्यवस्था भएबमोजिम गैरआवासीय नेपालीका माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए।