Skip This
नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ५ शनिबार
  • Saturday, 27 July, 2024
२o७८ भदौ ५ शनिबार o९:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ५ शनिबार o९:o४:oo

सुनसरी देवानगंज गाउँपालिका–२ मध्यहर्षाही पेट्रोल पम्पनजिकैबाट नेपाली नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय देवानगन्जबाट खटिएको टोलीले BR50-S-8406 नम्बरको मोटरसाइकलमा सवार भारतको अररिया रामनगर बस्ने ४० वर्षीय नवलकिशोर पाल र अर्का ३२ वर्षीय सुमन पाललाई एक सयको दरका १६ थान नेपाली नक्कली जाली नोट फेला पारेको थियो । 

शुक्रबार नै जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । दुवैजनालाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।