Skip This
धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ४ शुक्रबार
  • Wednesday, 17 September, 2025
फोइल फोटो
नयाँ पत्रिका काठमाडौँ
२o७८ भदौ ४ शुक्रबार १४:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ भदौ ४ शुक्रबार १४:४१:oo

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीलाई पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

शुक्रबार अर्थ समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यको नाममा सेयर खरिद गरेर पदीय आचरणविपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका वेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रियाअघि बढाउन सरकारलाई सचेत गराएको हो।

नियमक निकाय आफैँले पदीय मर्यादाविपरीत सेयर कारोबार गरेकाले तत्काल छानबिन गरी उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए। उनले भने, ‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरूले भित्री सूचनाका आधारमा गरेको भनिएको सेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन छानबिन भइरहेको जानकारी माननीय मन्त्रीज्यू र अर्थसचिवज्यूबाट प्राप्त भएको छ । उक्त छानबिन यथाशीघ्र सम्पन्न गरी आवश्यक कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।’