१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o१:oo

ललितपुरको पाटनमा रहेको कुम्भेश्वर (सर्वेश्वर) महादेव मन्दिर पुनर्निर्माण कार्य सकिएको छ। ०७२ को भूकम्पमा भत्किएको मन्दिरको पुनर्निर्माण कार्य सकिएपछि शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले मन्दिरको उद्घाटन गरेका छन्।

उद्घाटनपछि स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनलाई दैनिक दर्शन गर्न दिइने जनाइएको छ । भूकम्पबाट क्षतिग्रस्त मन्दिर पुरातत्व विभाग र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले पुनर्निर्माण गरेको हो। मन्दिर पुनर्निर्माणमा दुई करोड ८२ लाख रुपैयाँ खर्च भएको छ। ०७३ देखि सुरु भएको पुनर्निर्माण कार्य पाँच वर्षमा सकिएको हो।

यस मन्दिरमा तिजमा मेला लाग्ने गर्छ भने दर्शन गर्न आउने भक्तजनको दिनहुँ भिड लाग्छ। मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वर महादेवकाे मूर्ति राखिएको छ । कुनै समय कुम्भेश्वर मन्दिरमा गोसाइँकुण्डबाट जल आएको किंबदन्ती छ। साउन शुक्ल पूर्णिमाका दिन यो मन्दिर आसपासमा ठूलो मेला लाग्ने गर्छ। कोरोना महामारीका कारण यस वर्ष मन्दिर क्षेत्रमा भिडभाड गर्न नदिइने मन्दिरका पुजारी माधव श्याम शर्माले बताए।