Skip This
पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिइन् शपथ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार २१:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिइन् शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार २१:४७:oo

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् ।  उनले बुधबार अबेर बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ लिएकी हुन् । 

मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेका हुन् । पौडेलले दलको नेताबाट राजीनामा दिएपछि शाक्य दलको नेता बनेकी थिइन् । 

बहुमत प्राप्त दलको नेता शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शाक्यले दुईमन्त्री पनि नियुक्त गरेकी छिन् । कृष्ण खनाल सामाजिक विकासमन्त्री, केशवराज पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । 

भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्रीले नै राखेकी छिन् ।

ad
ad