१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दोस्रोपटक पनि सर्‍यो भूपू गोर्खा सैनिकको रिटमाथिको सुनुवाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:२९:oo

सर्वोच्च अदालतले भूपू गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथिको सुनुवाइ सारेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएकामा बेन्च बस्न नभ्याएका कारण सुनुवाइ सरेको सर्वोच्चले जनाएको छ।

नेपाल सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारले बेलायतीसरह सेवा–सुविधा पाउन नसकेको भन्दै २९ साउनमा सर्वोच्चमा रिट दर्ता भएको थियो। मुद्दाको ३१ साउनमा पहिलोपटक पेसी तोकिएका थियो। तर, सुनुवाइ हुन नसकेको कारण सर्वोच्चले हेर्न नभ्याइनेमा राखेको थियो।

रिटमाथि सर्वोच्चले बुधबारका लागि दोस्रोपटक सुनुवाइ तोकेको थियो। अधिवक्ता सञ्जय अधिकारी, ब्रिटिस गोर्खा संयुक्त संघर्ष समिति युके नेपालका संयोजक लालबहादुर घिसिङ र सहसंयोजक बिमबहादुर लिम्बूले सर्वोच्चमा रिट दर्ता गराएका थिए।

रिटमा बेलायतमा अनशनरत नेपालीको जीवन रक्षार्थ पहल गर्न तत्काल उच्चस्तरीय समिति गठन गर्न, वार्तास्थल र वार्ताको समय तोक्न अन्तरिम आदेश माग गरिएको छ।

ad
ad