१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५८:oo

नेकपा एमाले बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन्। हेटौँडामा बसेको संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सांसद अरुण नेपालले बताए। ‘अष्टलक्ष्मी शाक्य संसदीय दलको नेतामा चयन हुनुभयो। अब यसलाई औपचारिकता दिन मात्रै बाँकी छ,’ नेपालले भने।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजै राजीनामा दिने तयारी गरेका छन्। माधव नेपाल पक्षमा रहेकी शाक्यलाई मुख्यमन्त्री बनाउने तयारीका साथ पौडेलले राजीनामा दिन लागेका हुन्। शाक्यले विभाजनको अन्तिम समयमा धार परिवर्तन गरेपछि बागमतीमा नयाँ राजनीतिक घटनाक्रम विकास हुन लागेको हो।