Skip This
माधव नेपालसहित १४ सांसदमाथिको कारबाहीले एकता पक्षधरलाई निराश बनायो : गोकर्ण विष्ट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालसहित १४ सांसदमाथिको कारबाहीले एकता पक्षधरलाई निराश बनायो : गोकर्ण विष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o६:oo

नेकपा एमालेका नेता गोकर्ण विष्टले माधव नेपालसहित १४ जना सांसदमाथि गरेको कारबाहीले विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरूका लागि थप बल पुगेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले १४ जना सांसदमाथि गरेको कारबाहीले एकता पक्षधरहरूलाई निराश बनाएको उनको भनाइ छ। 

‘हरेक संकटमा संयमित र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न सम्भव छ। हामीभित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधारण भूमिका जरुरी पर्दछ,’ उनले भनेका छन्, ‘यस्तो अवस्थामा क. नेपालसहितका सांसदहरूमाथिको कारबाही फिर्ता लिएर एकताका लागि थप भूमिका खेल्न अध्यक्ष कमरेड केपी ओलीसँग हार्दिक आग्रह गर्दछु।’