१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरभित्रका पुराना शौचालय भत्काएर नयाँ बनाइँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:o७:oo

काठमाडौं महानगरपालिकाले महानगरभित्रका पुराना सार्वजनिक शौचालय भत्काएर नयाँ निर्माण गर्ने भएको छ । नागरिकमैत्री नभएको भन्दै महानगरले पुराना शौचालय भत्काएर स्मार्ट शौचालयको योजना अघि सारेको हो । 

हाल भोटाहिटी क्षेत्रका दुईवटा शौचालय भत्काइएको छ । क्रमशः सबै शौचालय भत्काएर नयाँ बनाइने महानगरले जनाएको छ । पुराना शौचालय भत्काएर त्यही ठाउँमा नयाँ बनाइने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । उनका अनुसार एउटा शौचालय निर्माण गर्न कम्तीमा पनि ३० लाख रकम लाग्छ । महानगरले सबै स्टिमेट तय गरिसकेको छ । एक वर्षभित्र १२ ठाउँमा नयाँ शौचालय निर्माण हुने महानगरले जनाएको छ । 

‘अहिले उपत्यकामा पर्याप्त शौचालय छैनन्, भएका शौचालय पनि जीर्ण छन्, भिडभाड सहरमा पुरानो शौचालय रहनु राम्रो होइन,’ उनले भने, ‘त्यसैले भत्काएर नयाँ बनाउने थालिएको हो ।’ 

सहरी सरसफाइ तथा खानेपानीको विषयमा बोल्दै आएका प्रकाश अमात्यले महानगरपालिकाले नयाँ शौचालय तत्काल निर्माण गर्न आवश्यक रहेको जानकारी दिए । उनले भने, ‘काठमाडौंमा शौचालय पर्याप्त छैनन्, मुस्किलले २०–२५ वटा मात्रै छन्, यो संंख्या अझै थप्नुपर्ने देखिन्छ ।’

ad
ad