Skip This
युनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३२ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ३२ सोमबार ११:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

युनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३२ सोमबार ११:२५:oo

युनाइटेड इन्स्योरेन्सको साधारणसभा भर्चुअल माध्यममार्फत भएको छ। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६।७७ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ। साथै कम्पनीको आर्थिक वर्ष ०७७।७८ को असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणबारे जानकारी दिइएको थियो। 

कम्पनी स्थापना भएको २८औँ वर्षमा कम्पनीले प्रकाशित गरेको आ. व. ०७७।७८ को चौथो वित्तीय विवरणअनुसार कम्पनीले बिमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलोपटक बिमा क्षेत्रको अर्ब क्लबमा प्रवेश गर्न सफल भएको छ। मुनाफा आर्जनमा तीन सय प्रतिशतभन्दा बढीले वृद्धि गर्न सफल भएको सो अवसरमा जानकारी दिइयो। 

सोही सभामा कुल बिमा शुल्क आम्दानी रु ६९,८९,०३,९८३.८२ आर्जन भएको र कम्पनीको चुक्ता पुँजी रु ३०,२४,००,००० मा २४० प्रतिशतले वृद्धि गरी १,०२,८१,६०,००० भएको जानकारी गराइयो।