१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १२:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि निरन्तर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १२:५१:oo

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि निरन्तर छ। बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा सुरु भएको हो।

बिहीबारको बैठकमा उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै,  केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले छानबिन समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

बिहीबारको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढुंगाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी, कर्णबहादुर बुढा र योगेन्द्र चौधरीले आ–आफ्नो धारणा राखेका थिए।
 

ad
ad