मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण २८ बिहीबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २८ बिहीबार १८:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्वेतपत्रमाथि पूर्वअर्थमन्त्री पौडेलको टिप्पणी– तथ्य एकातिर र निष्कर्ष अर्कोतिर (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २८ बिहीबार १८:oo:oo

एमाले उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा उनले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाको रूपमा आएकाले यसमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको आरोप लगाए । 

उनले अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण भएको जिकिर गरे । उनले ०७६–७७ को समय विश्व अर्थतन्त्र साढे तीन प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र २ प्रतिशतले मात्रै ऋणात्मक हुनु सुखद पक्ष रहेको बताए । पौडेलले कोभिड अवधिको तथ्यांकको सहारा लिएर ०७५–७६ को आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यलाई छोप्न खोजेको आरोप लगाए । 

उनले भने, ‘अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण अवधि थियो भन्ने दृष्टिकोणले खण्डन गर्न सक्दैन भन्ने मलाई लाग्छ, तर तथ्य एकातिर छ, निष्कर्ष अर्कोतिर प्रस्तुत गरिएको पनि सँगसँगै हामीले देख्न सक्छौँ, कोभिड महामारीले विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रलाई पनि गम्भीर र नकारात्मक रूपमा असर पारेको यथार्थलाई बेवास्ता गर्दै ०७६–७७ मा २ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक भएको उल्लेख गरिएको छ, जब कि यो अवधिमा विश्व अर्थतन्त्र नै करिब ३.५ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको थियो, कोभिड अवधिको तथ्यांकको सहारा लिएर ०७५–७६ मा करिब ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको यथार्थलाई भने छोप्न खोजिएको छ ।’ 

उनले स्वदेश वा विदेशबाट लिइएको सार्वजनिक ऋण चालू खर्चमा लगाउन नपाउने कानुनी व्यवस्था गरेको बताउँदै राजस्वले चालू खर्च धान्ने र विकासका लागि ऋण लिनुपर्ने विशिष्ट अवस्थामा देश रहेको बताए ।

उनले अघिल्लो सरकारले जिम्मेवारी लिएदेखि जिम्मेवारी छोड्ने समयसम्म नेपालको अर्थतन्त्रमा निरन्तर सकारात्मक सुधार भए पनि जानकारीपत्रको तथ्य र निष्कर्ष भने परस्परमा विरोधाभास भएको बताए । उनले अघिल्लो सरकारले ल्याएको बजेटलाई सबै क्षेत्रले स्वागत गरेको दाबी गर्दै त्योभन्दा राम्रो बजेट ल्याएर देखाउन चुनौती पनि दिए ।