१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मानव अधिकारवादी संस्थाको निष्कर्ष : एसएसबीले तुइन फुस्काएकै कारण जयसिंह धामी बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकाली नदीमा रहेको तुइन तर्दैगर्दा फुकालिदिएपछि दार्चुलाका जयसिंह धामी नदीमा खसेको प्रतिवेदन सार्वजनिक भएको छ । घटनापछि दार्चुला पुगेर फर्किएको जनअधिकार अभियान नेपालको टोलीले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा यो घटना भारतीय पक्षको नेपाली नागरिकमाथि गम्भीर, अक्षम्य र  मानवता विरोधी अपराध भएको उल्लेख गरेको छ ।

गत साउन १५ मा उक्त घटना घटदा जयसिंह धामी बेपत्ता भएपछि जनअधिकार अभियान नेपालका तर्फबाट सन्तोष कोइराला र ललित वि.क. घटनाको अध्ययन गर्न दार्चुला पुगेका थिए । उनीहरूले चार दिन लगाएर गरेको अध्ययन प्रतिवेदन बुधबार अभियानका अध्यक्ष एकराज भण्डारीले सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन सार्वजनिक गर्दै अभियानले जयसिंह धामीको अवस्था तत्काल पत्ता लगाएर परिवारलाई जिम्मा लगाउन तथा कुुटनीतिक पहल गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । साथै प्रतिवेदनमा घटनापछि स्थानीय जनतामा डर, त्रास उत्पन्न भएको भन्दै त्यस्ता असरलाई व्यवस्थापन गर्नका लागि तत्काल पहल गर्न तथा स्थानीय जनताको सुरक्षा तथा आवतजावतका लागि आवश्यक पुल तथा मोटर बाटोलगायतको पूर्वाधारहरु निर्माण गर्न पनि सरकारसँग माग गरिएको छ । 

यस्तै अभियानले नेपालको सरकारको तर्फबाट आधिकारिक र औपचारिक प्रतिवेदन तत्काल तयार पार्न आग्रह गरेको छ ।