१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गरिएको रिट आज हेर्न नभ्याइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:२७:oo

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट हेर्न नभ्याइनेमा परेको छ। मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा सुनुवाइ तोकिएको रिट हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतले जनाएको हो। 

प्रदेश सभा सदस्य लीला गिरीले विशेष अधिवेशन रोक्न माग गर्दै सोमबार सर्वोच्चमा रिट दर्ता गरेका थिए। लुम्बिनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्ताव छलफलका लागि विशेष अधिवेशन माग गरेकाे थियाे।

गठबन्धनको मागअनुसार प्रदेश प्रमुख अमिक शेरचनले बुधबारका लागि अधिवेशन आह्वान गरेका छन्। रिटमा प्रदेश प्रमुखको कार्यालय लुम्बिनी प्रदेश समेतलाई विपक्षी बनाइएको छ।

ad
ad