१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

परीक्षामा सामेल हुने विद्यार्थीलाई पनि खोप लगाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:५१:oo

संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विद्यार्थी नेताहरूले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी विद्यार्थीलाई छिटोभन्दा छिटो खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी)का प्रवक्ता जिपी मैनालीले जानकारी दिए । साथै उनले विद्यार्थी संगठनले विश्वविद्यालय मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा सम्पूर्ण परीक्षा केन्द्रहरूमा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा अगाडि बढाउन पुन: अनुरोध गरेका छन् । 

ad
ad