१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य सात निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:२९:oo

सरकारले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि ०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए । सहसचिव गोविन्दप्रसाद शर्माको बढुवा गरी कृषि मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । 

कार्कीका अनुसार सोमबारको बैठकमा मुख्य निर्णय यस्ता छन्–
हेल्लो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ छलफलका लागि मन्त्रिपरिषद् प्रशासनिक समितिमा पठाउने निर्णय भएको छ । 

आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली, २०७८ छलफलका लागि मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ । 

बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि ०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको छ । 

बैठकले माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय अधिकृत कमलबहादुुर बोगटीलाई अधिकारी तोकेको छ । 

परराष्ट्र सेवा राजपत्रांकृत द्वितीय सेवाका उपसचिवहरू सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीको बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । 

सैनिक सेवा चौथो संशोधन नियमावली, २०७८ छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ । 

सहसचिव गोविन्दप्रसाद शर्माको बढुवा गरी कृषि मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । 

ad
ad