मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण २२ शुक्रबार
  • Thursday, 10 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २२ शुक्रबार १८:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २२ शुक्रबार १८:४७:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी परीक्षाहरू स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको छ। 

मन्त्रालयले कोरोना संक्रमण दर बढ्न थालेपछि सबै परीक्षाहरू सार्न सिफारिस गरेको हो। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड– १९ संक्रमण फैलिँदै गएको भन्दै शुक्रबार उक्त परीक्षा सार्न सिफारिस गरेको जनाएका छन्। हाल करिब चार लाख विद्यार्थी परीक्षाको पर्खाइमा छन्।  

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटरमार्फत् जानकारी गराउँदै लेखेका छन्, ‘चार लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ, निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँदछु।’

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने तालिका छ। यस्तै स्‍नातक तहका विद्यार्थीहरू पनि परीक्षाको पर्खाइमा छन्।