१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौ्
Invalid date format १६:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते, अविश्वास प्रस्तावमाथि छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ्
नयाँ पत्रिका
Invalid date format १६:४१:oo

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ (३) बमोजिम साउन २७ गते १ बजे प्रदेश सभा बैठक आह्वान गरेका हुन्। 

अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्। यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गरेका थिए।