१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १३:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ब्यारेकभित्रै सशस्त्र प्रहरी जवान मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४o:oo

धनगढी उपमहानगरपालिका– १, स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरमा कार्यरत एकजना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका– १, घर भएका हरिशकुमार शाही हेडक्वार्टरभित्रै बुधबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालय परिसरभित्र उत्तरपट्टि कम्पाउन्डनजिक पानी जमेको स्थानमा घोप्टो परेको अवस्थामा बिहान पौने ६ बजेतिर शाहीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 

मृत्युको कारण खुल्न नसकेको र शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। उनी त्यही कार्यरत थिए।