१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:२३:oo

महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरूलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकलाई उपचार गराउँदा विभिन्न सेवा शुल्कहरूमा छुट पाउने सम्झौता गरेको हो । 

सम्झौताअनुसार बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ओपिडी टिकट, ल्याब सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजी तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट पाउने जनाइएको छ ।

यसका साथै बेड चार्जमा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ । सम्झौतामा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका थिए ।   

देशभर १ सय ३ शाखाबाट सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन दिँदै आएको जनाएको छ ।

ad
ad