१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
पत्रकार सम्मेलन गर्दै प्रहरी
२o८१ बैशाख २१ शुक्रबार १७:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुजिताको हत्या आरोपमा उनकै बुबा पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:४९:oo

गत असार २७ गते सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा शव फेला परेकी सुजिता ठाकुरको हत्यामा उनको आफ्नै बुबाको समेत संलग्नता भएको प्रहरीले बताएको छ। प्रहरीले उनको बुबा कामेश्वर पाण्डेयसहित सोमबार थप तीनजनालाई सार्वजनिक गरेको हो। 

योभन्दा अगावै सोही घटनामा मृतकका देवर रुपेश ठाकुरसहित चारजनालाई प्रहरीले सार्वजनिक गरिसकेको थियो।  यता अझै केही थप आरोपी भए पनि प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले सोमबार पत्रकार सम्मेलन गर्दै मृतकका  बुबाले आफ्नै छोरीलाई मार्न पटक–पटक रुपेश ठाकुरलाई भनेको अनुसन्धानको क्रममा अडियो प्राप्त भएको बताए । यता मृतकका बुबाले घटना लुकाउन बार्गेनिङसमेत गरेको अनुसन्धानमा खुलेको एसपी आचार्यले बताए। उनले मृतककै नन्द भंगहा नपा– १ बस्ने ३५ वर्षीया अञ्जु ठाकुरले घटना थाहा पाएरसमेत लुकाएको आरोपमा पक्राउ परेकी छिन्। यता सोही घटनामा शव व्यवस्थापनमा संलग्न रहेको आरोपमा जनकपुर उपमहानगरपालिका– २४ कुटी पोखरी बसहिया बस्ने ५५ वर्षीय प्रमोद भन्ने विनोद मण्डलसमेतलाई प्रहरीले पक्राउ गरेको छ।

सुजिता पटक–पटक घरबाट आफूखुसी बाहिर जाने र मनोमानी ढंगले बाहिर जाँदा पैसा लिएर जाने कारणले उनको माइती र घर दुवैतर्फले प्रतिष्ठामा आँच आएको भन्दै हत्या गर्ने मनसाय बनएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ। देवर रुपेश र बुबा कामेश्वरको यही मनसायको अडियो क्लिप प्राप्त भएको एसपी आचार्यले पत्रकार सम्मेलनमा बताए। उनले थप केही अडियो क्लिपहरूसमेत रहेको बताए।

दुई पक्षबीचको अडियो क्लिपमा दुवै पक्ष सुजिताको कारण आजित भइसकेको र प्रतिष्ठा नै समाप्त हुन लागेकाले प्रतिष्ठा जोगाउन सुजिता मर्नैपर्ने खालको कुरा गरेको अडियोमा रहेको उनले बताए।

 

प्रहरीले यसअघि लोहारपट्टी नगरपालिका– ७ भ्रमरपुराका रुपेश ठाकुर र शव व्यवस्थापनमा सघाएको भनी सोही ठाउँ बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल र उनका भाइ ३२ वर्षीय नथुनी मण्डल तथा सोही ठाउँका ३३ वर्षीय आदम राइनलाई पहिले सार्वजनिक गरेको थियो ।


 

ad
ad