मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १ शुक्रबार
  • Friday, 17 September, 2021
डेनी हाइफोङ
२०७८ श्रावण १८ सोमबार १२:२७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

साम्राज्यवादको अर्को कडी : प्रयोगशाला चुहावट सिद्धान्त

प्रयोगशाला चुहावट सिद्धान्त खासमा चीनबारे ल्याइएको खतरनाक झुट मात्रै होइन, यसले अमेरिकाबारे पनि थुप्रै प्रसंग सम्झाउँछ

Read Time : > 2 मिनेट
डेनी हाइफोङ
२०७८ श्रावण १८ सोमबार १२:२७:००

विश्व स्वास्थ संगठनको कोभिड–१९ प्रयोगशाला चुहावटको दोस्रो चरणको परीक्षणको चीनले विरोध गरेको छ । चीनको अस्वीकारलाई अमेरिकाले कडा आलोचना गरेको छ । यस सन्दर्भमा ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बाइडेन प्रशासनले ‘गहिरो निराशा’ व्यक्त गरेको बताएकी छिन् । विश्व स्वास्थ्य संगठनको चुहावट अनुसन्धानले वैश्विक सहकार्यलाई अमेरिकी साम्राज्यवादले बिथोल्ने भएकाले चीन र विश्वका अरू कैयौँ मुलुक पनि निराश भएका छन् ।

बाइडेनको ‘बहुपक्षीयता’प्रतिको उत्साहले धेरै मानिस बाइडेन शान्तिका निम्ति लागिपरेका छन् भन्नेमा विश्वस्त छन् । 
यथार्थमा बाइडेन प्रशासनले दशकौँ पुरानो साम्राज्यवादी अमेरिकी परराष्ट्र नीति छोडेको छैन । दोस्रो विश्वयुद्धदेखि अमेरिकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), विश्व बैंकजस्ता बहुपक्षीय संगठनमा असमान पहुँच बनाएर आर्थिक वर्चस्व स्थापित गरेको छ । यी संस्थाले अमेरिकी कर्पोरेट सेयरधनीलाई थप धनी बनाएका छन् भने शताब्दीयौँदेखि उपनिवेशी अल्पविकासको दुष्चक्रबाट मुक्त हुन् खोज्ने एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकलाई थप गरिब बनाएका छन् ।

विश्व स्वास्थ संगठन पनि अमेरिकी साम्राज्यवादको चपेटाबाट बाहिर निस्कन सकेको छैन । सञ्चालन खर्चको करिब २० प्रतिशत मात्रै सदस्य मुलुकले व्यहोरेका छन् । अर्थात् ८० प्रतिशत निजी स्रोतबाटै आउँछ, त्यसमा अमेरिका आधारित बिल र मेलिन्डा गेट्स फाउन्डेसन दोस्रो ठूलो दाता हो ।

विश्व स्वास्थ्य संगठनका आलोचकका अनुसार अमेरिकी निजी स्वास्थ्य क्षेत्रलाई फाइदा पु¥याउन संगठनले वैश्विक दक्षिण (ग्लोबल साउथ) का राष्ट्रहरूका स्वास्थ्य व्यवस्थालाई निजीकरण गराउन दबाब दिइरहेको हुन्छ । वैश्विक रूपमा कोभिड–१९ विरुद्ध भइरहेको लडाइँलाई कमजोर पार्ने गरी डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग पनि गरेका थिए । ट्रम्पले सो निर्णय गरे पनि अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सफ्ट पावर (नरम शक्ति) का रूपमा प्रयोग गरेको छिपेको छैन ।

राष्ट्रपति बाइडेनले आफ्नै खुफिया निकायलाई अगस्ट अन्तिमसम्ममा विश्व स्वास्थ्य संगठनकै जस्तो कोभिड–१९ प्रयोगशाला चुहावटको अनुसन्धान गराउनु कुनै संयोग होइन । बाइडेन ह्वाइट हाउसमा आएको ९० दिनमा अमेरिका विश्व स्वास्थ्य संगठनमा पुनः प्रवेश गर्‍यो र ट्रम्प प्रशासनले रोक्का गरेको सञ्चालन खर्च भुक्तान गयो । बाइडेन प्रशासन विश्व स्वास्थ्य संगठनलाई चीनविरुद्ध भइरहेको नयाँ शीतयुद्धको महत्वपूर्ण हतियारका रूपमा हेर्छ । चीनसँग मिलेर यो वैश्विक महामारीसँग लडाइँ लड्न छोडेर, बाइडेनले विश्व स्वास्थ्य संगठनलाई साम्राज्यवादी उद्देश्य पूरा गर्न हतियार बनाइरहेको छ । विश्व स्वास्थ्य संगठनले यो दबाबको प्रतिरोध गर्न जरुरी छ ।

बहुपक्षीयता र साम्राज्यवाद सँग–सँगै जान सक्दैनन् । अमेरिका र युरोपको राजनीति दिनानुदिन दक्षिणपन्थी हुँदै गइरहेको सन्दर्भमा विश्व स्वास्थ्य संगठनको असंगतिले ट्रम्प प्रशासनको वेलामा संगठनमाथि हमला गर्ने तत्वहरूलाई नै फाइदा हुने देखिन्छ । अहिले कोभिड–१९ को डेल्टा भेरियन्टले खतराको तह झन् बढाइदिएको छ । वास्तवमा वैश्विक सहकार्य अहिलेको सबैभन्दा आवश्यक विषय हो, जसलाई साम्राज्यवादी वर्चस्वका स्वार्थले प्रस्टै कमजोर तुल्याउन खोजेको देखिन्छ । 

विश्व स्वास्थ्य संगठनको चुहावट अनुसन्धानमार्फत वैश्विक सहकार्यलाई अमेरिकी साम्राज्यवादले बिथोल्ने भएकाले चीन र विश्वका अरू कैयौँ मुलुक निराश भएका छन्
 

महामारीविरुद्ध लड्न चीनले अथक प्रयास गरिरहेको सन्दर्भमा वैश्विक सहकार्य कमजोर तुल्याउने प्रयासको थप पुष्टि हुन्छ । वुहानमा देखिएको प्रकोपबारेमा चीनले दिएको महत्वपूर्ण सूचनाका कारण विश्व स्वास्थ्य संगठनले अहिले कोभिड–१९ भनेर चिनिने रोगको तीव्रता र खतरा औँल्याउन पाएको थियो ।

कोभिड–१९ मा चीनको सफलताबारे संसारभर सायदै कोही अनभिज्ञ होला । यसबाहेक चीनले आफ्नो प्रभावशाली औद्योगिक क्षमताकै कारण भेन्टिलेटर, मास्क, परीक्षण किट्स र अन्य महत्वपूर्ण उपकरण विश्वका १२० भन्दा बढी मुलुकमा पठायो, जसमा अमेरिका पनि पर्छ । चीनले वैश्विक ऐक्यबद्धतामा हातेमालो गरेर स्वदेशमा उत्पादित खोपको करोडौँ मात्रा अल्पविकसित मुलुकमा वितरण पनि गर्‍यो । 

प्रयोगशाला चुहावट सिद्धान्त खासमा चीनबारे ल्याइएको खतरनाक झुट मात्रै होइन, बरु यसले अमेरिकाबारे पनि थुप्रै प्रसंग सम्झाउँछ । अमेरिकाले कैयौँपटक आफ्नो इतिहासमा जैविक हतियारको प्रयोग गरेको छ । यसमा सिआइएले फिडेल क्यास्ट्रोको ६ सयपटकभन्दा बढी पटक हत्या प्रयास गरेको छ । साथै, प्रोजेक्ट ११२ का माध्यमबाट हत्या गर्न खोजिएका अन्य विदेशी नेता पनि पर्छन् । जैविक युद्धका लागि १९६२ मा सुरु गरिएको प्रोजेक्ट ११२ मा समय–समयमा बजेट बढाउने गरिएको छ र सार्वजनिक स्थानमा जैविक हतियारको प्रयोगात्मक परीक्षण पनि गरिएको छ ।  

  यसबाहेक चीनलाई तारो बनाउने सनकमा मानिसहरूले अमेरिका आधारित मेरिल्यान्डको फोर्ट डेट्रिक प्रयोगशालाका कामबारेका वैधानिक चासोहरूलाई पनि बेवास्ता गरेको देखिन्छ । फोर्ट डेट्रिकसँग गैरकानुनी जैविक परीक्षणको लामो इतिहास रहेको छ । इबोला, एन्थ्य्राक्स र अन्य अत्यधिक संक्रामक रोगका कारक सो ल्याबमा भेटिएको थियो ।

सो क्षेत्रका बासिन्दाले विभिन्न समय र मौकामा स्वास्थ्य समस्याहरू विशेषतः क्यान्सर र प्रयोगशालाका गतिविधिबीच जाँच र अनुसन्धानको माग गरेका थिए । पाखण्ड कमजोरीको चिह्न हो । चीनलाई तल पारेर आफू माथि आउने शून्य नतिजाको खेलले वैश्विक चुनौतीको समाधान गर्न चीनको सहकार्य र ऐक्यबद्धतासँग अमेरिकाले प्रतिस्पर्धा गर्न सक्दैन । चीनको दानवीकरण गर्ने अमेरिकाको प्रयास अवश्यै असफल हुनेछ ।    

  (हाइफोङ अमेरिकन एक्ससेप्सनालिज्म एन्ड अमेरिकन इन्नोसेन्सका लेखक र समाजवादी अभियन्ता हुन्)  ग्लोबल टाइम्सबाट