१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गण्डकीका दुई मन्त्रीको उद्घोष : कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउँछौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:o६:oo

गण्डकी प्रदेशका दुई मन्त्रीले पर्यटन र कृषिलाई सँगसँगै अगाडि बढाउने बताएका छन् । बधाई तथा सम्मान कार्यक्रममा शनिबार गृहजिल्ला बाग्लुङ आएका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले गण्डकी प्रदेशमा कृषि र पर्यटनको विकास सँगसँगै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

‘हामी कृषि, उद्योग र पर्यटन विकासलाई सँगसँगै अगाडि बढाउनेछौँ’ कँडेलले भने, ‘कृषि र पर्यटन क्षेत्रमा अग्रपंक्तिमा खटिने सबैका लागि पहिलो प्राथमिकता खोप राखेका छौँ ।’ 
कँडेलले गण्डकी प्रदेशमा एग्रो टुरिजम र फरेस्टी टुरिजमको सम्भावना भएको भन्दै यसको प्रवद्र्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताए । उनले पर्यटन क्षेत्र र व्यावसायिक क्षेत्रमा सबै जिल्लामा समान रूपले बजेट व्यवस्थापन गरी अघि बढ्ने बताए । ‘हामी पहुँचका आधारमा कुनै जिल्लालाई बढी, कुनै जिल्लालाई कम बजेट राख्नेछैनौँ’ कँडेलले भने, ‘जहाँ जेजति आवश्यक छ भूगोल र सम्भावना हेरेर व्यवस्थापन गर्नेछौँ ।’

मन्त्री बुढाले पनि कृषि र पर्यटनलाई सँगै जोडेर सहकार्य गर्ने बताए । उनले सबै क्षेत्रका आवश्यकता र मागलाई सम्बोधन गरेर कृषि र पर्यटन विकासमा अघि बढ्ने बताए । उनले अहिले गठबन्धनको सरकारलाई जनताले यक्ष प्रश्न गर्ने भन्दै सही जवाफ कामले दिने बताए । ‘हामीले संकटका वेला राजनीतिक निकास दिएका छौँ’ बुढाले भने, ‘यो अवस्थामा हामीलाई कहीँ कतै गल्ती गर्ने छुट छैन । जनताको अपेक्षाअनुसार परिवर्तन पछिको बुझाइ र प्रणालीको रक्षा गर्नुपर्ने हाम्रो दायित्व हो ।’ 

उनले कृषि क्षेत्रको विकासका निम्ति किसानको चाहनाअनुसार काम गर्ने बताए । बुढाले संयुक्त गठबन्धनबाट बनेको सरकारले सबैसँग सहकार्य गरेर अघि बढ्ने र कहीँ गल्ती भएमा खबरदारी गर्ने अधिकार जनतामा रहेको बताए । 

ad
ad