१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शेखर कोइरालाको सुझाब– १४औँ महाधिवेशन १५ भदौमा सुरु गरेर निर्वाचन आयोगमा जानकारी दिऔँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:३१:oo

कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन भदौ १५ मा सुरु गरेर निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने बताएका छन् । कांग्रेस सिन्धुपाल्चोकले राजधानीमा आयोजना गरेको १४औँ महाधिवेशनको सुनिश्चितता र भावी नेतृत्व विषयक अन्तर्क्रियामा कोइरालाले यस्तो बताएका हुन् । 

‘भदौको १५ बाट अधिवेशन सुरु गरौँ र सबै तहको गर्दै जाऔँ,’ उनले भने, ‘कांग्रेस अत्यन्तै संकटमा छ । अदालतमा राजनीतिक मुद्दा सबैको छ, तर कांग्रेसको छैन । महाधिवेशन हुन नसके कांग्रेसको पनि पर्न सक्छ, कसैले मुद्दा हालेर अदालतले फरक निर्णय गरिदियो भने के हुन्छ ? त्यसैले भदौ १६ अघि अधिवेशनको प्रक्रिया सुरु गरेर निर्वाचन आयोगलाई जानकारी दिनुपर्छ ।’

उनले क्रियाशील सदस्यताको समस्या धेरै जिल्लामा रहेको बताए । सभापति शेरबहादुर देउवाले भदौ १६ मा महाधिवेशन उद्घाटन गर्छु भनेर कांग्रेस कार्यर्तालाई भुलभुलैयामा राखेको उनले बताए । ‘अधिवेशन हुन नसकेकोमा म क्षमा चाहन्छु । कांग्रेस लोकतन्त्रको पाठशाला हो । अरू दलहरूलाई हामीले सिकाउनुपर्ने हो । तर, हामी नै लोकतान्त्रिक बन्न सकेनौँ ’ उनले भने । 

उनले पदाधिकारीहरूले निचोड निकाल्न नसकेको पनि बताए । दुई वर्षपछि अधिवेशन गरेर विधानविपरीत पद थप्ने कुरा आएको भन्दै आफूलाई त्यस्तो प्रस्ताव मान्य नहुने कोइरालाले बताए । ‘दुई वर्षपछि अधिवेशन गरौँ भन्ने प्रस्ताव पनि आएको छ । पदाधिकारीमा उपसभापतिलगायत थप्ने भन्ने कुरा आएको छ ।  यस्तो कुराले कांग्रेस कमजोर बन्छ,’ उनले भने, ‘मलाई विधाविपरीत कुनै पद दिए स्वीकार गर्दिनँ । भदौभित्र  वडा अधिवेशन सुरु गरेर मंसिरको पहिलो हप्ता सक्ने कुरा आएको छ । यस्तै गाउँपालिका, नगरपालिका र जिल्ला अधिवेशन स्थगन गरेर अघि बढ्ने कुरा आइरहेको छ । यस्तो कुराले नेतृत्व विकास हुँदैन ।’

ad
ad