१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हिरण्यवर्ण महाविहार पुनर्निर्माण कार्य सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:२४:oo

हिरण्यवर्ण महाविहार पुनर्निर्माण सुरु गरिएको छ। पुनर्निर्माण कार्य सुरु गर्नुपूर्व क्षमा माग्ने रीतिअनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमापूजा गरेका छन्। 

उक्त महाविहार भारत सरकारको सहयोगमा पुनर्निर्माण हुन लागेको हो। क्षमापूजामा काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ तथा नेपाल सरकारका अधिकारीहरू सहभागी भएका थिए। उक्त महाविहार १८.१ करोडमा पुनर्निर्माण हुन लागेको हो। 

सुनौलो मन्दिरको रूपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ। यो मन्दिर पाटनका बौद्ध मन्दिर विहारहरूमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो। 

भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । यो परियोजना पनि ती २८ वटा परियोजनाभित्रकै एक हो।  ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको भारतीय दूतावासले जनाएको छ।
 

ad
ad