मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण १२ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १२ मंगलबार १८:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशका तीन सांसदलाई जसपाले गर्‍यो कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १२ मंगलबार १८:५९:oo

जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशका तीनजना प्रदेश सभा सदस्यलाई कारबाही गरेको छ।  मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टी र प्रदेश सभाबाट हटाउने गरी कारबाही गरेको इस्तियाक राईले बताए। उनीहरू पार्टी नीतिविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए।

यसअघि पनि उनीहरूलाई निष्कासन गरिएको भए पनि सर्वोच्च अदालतले थमौती गरेको थियो। यस्तै, नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरेको उनले जानकारी दिए।