१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १२ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १२ मंगलबार १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यपहाडी राजमार्गका तत्कालीन आयोजना प्रमुखसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १२ मंगलबार १८:३९:oo

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाअन्तर्गत  खोटाङखण्डमा करिब ६९ लाख रुपैयाँ भ्रष्टाचार भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट राजमार्ग निर्माणमा भ्रष्टाचार भएको खुलेको हो ।

भ्रष्टाचारमा संलग्नको अभियोगमा अख्तियारले आयोजनाका तत्कालीन प्रमुख विजय चापागाईंसहित चार र महादेव खिम्ती निर्माण सेवाका प्रबन्ध निर्देशक रवि सिंहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएका बाँकीमा तत्कालीन इन्जिनियर दीपककुमार खड्का, सबइन्जिनियर गजेन्द्रप्रसाद राउत, लेखा अधिकृत दुर्णप्रसाद फुँयाल छन् । पाँचैजनाविरुद्ध जनही ६८ लाख ९३ हजार सात सय ७८ रुपैयाँ बिगो कायम गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

उनका अनुसार निर्माण कामको वास्तविक अवस्था उल्लेख नगरी फरक भेरिएसन पेस गरेको पाइएको छ । सार्वजनिक खरिद नियमावलीअनुसार भेरिएसन नगराई, इस्टिमेटविपरीत विना कुनै निर्णय फिल्डमा काम गरी–गराई, फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारिएको पाइएको छ भने एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम गरेर ओभरल्याप गरिएको छ ।

यसैगरी, एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप भई एउटा ठेक्काबाट डिपिआरअनुसारको इस्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्कारबाट काम गराई बिल तयार पारी भुक्तानी दिइएको पाइएको छ ।