१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १२ मंगलबार १४:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यवसायीहरू मन्त्री बन्न पाउने–नपाउने कानुन बनोस्– दिव्यमणि राजभण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १२ मंगलबार १४:०४:००

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले संसदमा व्यवसायी मन्त्रीहरूको विषयमा कुरा उठाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले नियम–कानुन बनाएर व्यवसायीहरू मन्त्री बन्न पाउने–नपाउने कुराको टुंगाे लगाउनुपर्ने बताएका हुन् । 

बैठकमा उनले भने, ‘अहिले व्यवसायीहरूको बारेमा ठूलो चर्चा भइरहेको छ । संविधानले व्यवसायीहरूलाई सांसद बन्न दिएको छ । तर, अहिले मन्त्री बनेका र हिजो मन्त्री बनेका व्यवसायीहरूको बारेमा टीका–टिप्पणीहरू आएको हुनाले को बन्न सक्छ, को सक्दैन भन्नेबारेमा कानुन र नियम बनोस् । यथाशीघ्र यो संसद्ले नियम–कानुन बनाई त्यसअनुसार अगाडि चलोस् । कानुनमन्त्री यहीँ हुनुहुन्छ । यसलाई ढिलो नगरौँ । पार्टीको नियम बनाउन ढिलो गरेजस्तो यहाँ ढिलो नगरौँ । यथाशीघ्र कार्य गरौँ । त्यसले गर्दा हामी अघि बढ्न सक्छौँ ।’