मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १० मंगलबार १७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सर्‍यो, अर्को पेसी ८ पुसमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार १७:oo:oo

नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्धको भ्रष्टाचार मुद्दा मंगलबार सर्वोच्च अदालतमा पेसी चढे पनि सुनुवाइ हुन सकेन।

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासमा १२औँ नम्बरमा चढेको पेसी हेर्न नभ्याइनेमा परेपछि अर्को पेसी ८ पुसलाई तोकिएको छ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो। विशेषले खड्कासहित उनकी श्रीमती शर्मिला, नातेदार अमिता लामा (सोदेम्बा) र सिजी डेभलपर्स प्रालिलाई दोषी ठहर गरेको थियो।

माग दाबी गरेको तुलनामा आंशिक सजाय मात्रै तोकिएको भन्दै अख्तियारले सर्वोच्चमा १२ चैत ०८० मा पुनरावेदन गरेको थियो। खड्काले पनि विशेषको फैसलाउपर चित्त नबुझाई २२ माघ ०८१ मा पुनरावेदन गरेका थिए। त्यस्तै, खड्काको नातेदार लामाले पनि ९ असार ०८१ मा विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएकी थिइन्। तीनवटै पक्षको मुद्दा एकै ठाउँ राखेर मंगलबार सुनुवाइका लागि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि अर्को मिति तोकिएको हो।

खड्काले निजामती र आयल निगमको कार्यकारी निर्देशक रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले २३ पुस ०७५ मा मुद्दा दायर गरेको थियो। उक्त मुद्दाको पाँच वर्षपछि १५ असार ०८० मा सुनुवाइ गर्दै विशेषका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले खड्कालाई दोषी ठहर गर्दै एक वर्ष तीन महिना कैद र नौ करोड १९ लाख ६ हजार रुपैयाँभन्दा बढी बिगोबमोजिम जरिवाना हुने फैसला गरेको थियो। खड्काको घरजग्गा, बैंक मौज्दात, सेयरसमेतका सम्पत्ति पनि जफत हुने फैसला भएको थियो।