१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इजरायलमा ‘केयरगिभर’का लागि आवेदन खुला, तलब कति ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

इजरायलमा रोजगारीका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले केयरगिभरका लागि अनलाइनमार्फत आवेदन मागेको हो। विभागले आज एक सूचना जारी गर्दै २१ दिनभित्र आवेदन दिन भनेको छ।

विभागले इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन पेस गर्नेसम्बन्धी आवश्यक नियम तथा सर्तहरू पनि सार्वजनिक गरेको छ।  इच्छुक आवेदकले http://ferms.dofe.gov.np मार्फत निवेदन दिन सक्नेछन्। एक हजारजना कामदार माग भएकोमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष पहिलो चरणमा लैजाने जनाइएको छ।

इजरायलमा नेपाली कामदारको तलब करिब एक लाख ८८ हजार हुनेछ। इजरायली सरकारी नियमअनुसार ओभरटाइमको सुविधा भएको पनि विभागले जनाएको छ। कामदारले हप्तामा एक दिन बिदा पाउनेछन् भने आवासको व्यवस्था रोजगारदाताले गर्नेछन्।

पहिलो करार अवधि एक वर्षको हुने र अवधि थप गर्न सकिने विभागले बताएको छ।

रोजगारीका लागि यस्ता छन् सर्तहरू
१. आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

२. आवेदकको उचाइ कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ केजी हुनुपर्नेछ ।

३. आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

४. आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तीमा तीा वर्ष बाँकी रहनुपर्नेछ ।

५. आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्नेछ ।

६. आवेदकको बुबा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोवास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।

७. आवेदक लागुपदार्थ वा मादकपदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्नेछ ।