१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ८ शुक्रबार १६:५३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर झन्डै तीन हजार कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ८ शुक्रबार १६:५३:००

पछिल्लो २४ घन्टामा देशभर दुई हजार नाै सय ७७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा एक हजार नौ सय ८२ र एन्टिजेन परीक्षणमा नौ सय ९५ जनामा संक्रमण देखिएको हो।

यो अवधिमा १३ हजार ६ सय ९८ जनाको पिसिआर परीक्षण र तीन हजार ६ सय १० जनाको एन्टिजेन परीक्षण गरिएको छ।

बिहीबार एक हजार ६ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३९ हजार तीन सय ६८ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा १८ कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार ६ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।