१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेताको उपचार सरकारले व्यहोर्ने विषयमा मिश्रको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o९:oo

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेताको उपचार खर्च सरकारले व्यहोर्ने विषयमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत मिश्रले आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भन्ने समाचार बाहिरिएपछि मिश्रले यस्तो प्रतिक्रिया दिएका हुन्।

नेताको उपचार खर्च सरकारले व्यहोर्ने, नेताको नाममा फाउन्डेसन बनाएर सरकारले पैसा दिनेजस्ता क्रियाकलापलाई उनले  ‘कुकार्य’को संज्ञा दिएका छन्। 

उनले लेखेका छन्, ‘चेत्न पनि चेतना चाहिन्छ, पाँचौँपटक प्रधानमन्त्री बनेका देउवा, भारतमा उपचाररत, पारिवारिक रूपमा सम्भवत: सम्पन्न, पूर्वप्रधानमन्त्री खनाललाई भन्छन्- तपाईंको खर्च सरकारले व्यहोर्छ। नेताको उपचार खर्च सरकारले व्यहोर्ने, नेताको नाममा फाउन्डेसन बनाएर सरकारले पैसा दिने आदि कुकार्यलाई कसरी रोक्ने होला ?’

नेता खनालको उपचार खर्च सरकारले व्यहोर्ने विषयको प्रधानमन्त्री देउवाकै पार्टी नेपाली कांग्रेसभित्रै पनि आलोचना भइरहेको छ।