मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:१८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

१४ वर्षपछि कमब्याक गर्दै शिल्पा : फिल्म रिलिजकै दिन पतिविरुद्धको मुद्दा अघि बढ्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका मुम्बई
Invalid date format १३:१८:oo

बलिउड अभिनेत्री शिल्पा सेट्टी १४ वर्षपछि चलचित्रमा कमब्याक गर्दै छिन्। जुलाई २३ देखि उनको चलचित्र ‘हंगामा–२’ हटस्टारबाट रिलिज हुँदै छ।

१४ वर्षपछि चलचित्रमा देखिन लागेकी सेट्टी र उनका प्रशंसकह?का लागि भने यो दिन खासै सुखदायी नहुन पनि सक्छ। किनकि जुन दिन उनी कमब्याक गर्दै छिन्, त्यही दिनसम्म उनका पति राज कुन्द्रा प्रहरी हिरासतमै रहनेछन्। अर्थात् सो दिन उनको मुद्दामा बहस सुरु हुने या हिरासतमै राख्ने भन्ने निर्णय हुनेछ।

कुन्द्राविरुद्ध पोर्न चलचित्र बनाएको आरोप लागेको छ। मुम्बई प्रहरीले सोमबार राति पक्राउ गरी अनुसन्धानका लागि उनलाई हिरासतमा लिएको छ। यही विषयमा शिल्पालाई समेत जोडेर सामाजिक सञ्जालमा ट्रोल गर्न थालिएपछि उनको कमब्याक सफल हुनेमा आशंका बढेको छ।

यसअघि शिल्पा सन् २००७ मा ‘लाइफ इन मेट्रो’ र ‘अपने’ चलचित्रमा देखिएकी थिइन्। त्यसपछि सोही वर्ष केही छोटा दृश्यहरूमा देखिएपछि उनी चलचित्रबाट लामो समयसम्म हराएकी थिइन्।

प्रियदर्शनले निर्देशन गरेको कमेडी चलचित्र ‘हंगामा– २’ मा शिल्पाका अलावा प्रणिता सुभाष र परेश रावलले पनि अभिनय गरेका छन्।
भास्करबाट