१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ६ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ६ बुधबार o८:४८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीपले गुमाए ‘दी हन्ड्रेड बल’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ६ बुधबार o८:४८:oo

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बेलायतमा हुने ‘द हन्ड्रेड बल’ क्रिकेट प्रतियोगिता गुमाएका छन् । इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी)ले सन्दीपको भिसा समाप्त भएको जनाएपछि उनले प्रतियोगितामा सहभागी हुन नपाउने भएका हुन् । 

बेलायत सरकारले उनलाई देश छाड्न आग्रह गरेको छ । यसैकारण सन्दीपले विश्व क्रिकेटकै नयाँ फम्यार्ट ‘दी हन्डे«ड बल’ गुमाएका हुन् । सन्दीपले सामाजिक सञ्जालबाट आफूले प्रतियोगिता गुमाएको जानकारी दिएका छन् । 

भिसा समाप्तिको जानकारी नपाउँदासम्म सन्दीपले म्यानचेस्टर ओरिजिनल्ससँग खेल्ने तय भइसकेको थियो । सन्दीप बाहिएपछि उनको स्थानमा दक्षिण अफ्रिका स्पिनर तबरेज सम्सी खेल्नेछन् ।

उनले ‘द हन्ड्रेड बल’ खेल्न नपाउँदा निकै दुःख लागेको बताएका छन् । ‘द हन्ड्रेड बलमा पर्न नसकेकोमा म निकै दुःखी छु,’ उनले भनेका छन् । सन्दीप टिएर–५ भिसामार्फत ‘द हन्ड्रेड बल’ खेल्न बेलायत पुगेका थिए । १८ जुलाईमै सन्दीपको भिसा समाप्त भएको जानकारी सम्बन्धित निकायले दिएको थियो । 

प्रतियोगिता बिहीबारदेखि सुरु हुनेछ । सन्दीप इन्भिन्सिबल्समा ६० हजार पाउन्ड अनुबन्ध भएका थिए । उनी २४ असारमा इंग्ल्यान्ड गएका थिए । त्यहाँ उनले सरकारबाट मान्यता प्राप्त होटेलमा १० दिनको क्वारेन्टिन समय बिताएका थिए ।

भिसा समाप्तिको जानकारी नपाउँदासम्म सन्दीपले म्यानचेस्टर ओरिजिनल्ससँग खेल्ने तय भइसकेको थियो । सन्दीप बाहिएपछि उनको स्थानमा दक्षिण अफ्रिका स्पिनर तबरेज सम्सी खेल्नेछन् ।

‘१८ जुलाईमा मेरो क्वारेन्टिन अवधि सकिनुभन्दा दुई दिनअघि इसिबीले भिसा सकिएको रहेछ, जतिसक्दो छिटो मुलुक छाड्नुपर्ने बतायो, मैले के गल्ती भएको छ भनेर सोधेँ तर मलाई इसिबीका कसैले पनि स्पष्ट जवाफ दिएनन्,’ उनले भनेका छन्, ‘मलाई थाहा थियो कि विवाद बढ्दै गए त्यसले ठूलो रुप लिन सक्थ्यो, मेरो वैध भिसा जुनसुकै स्थानमा किन वैध हुँदैन भन्ने प्रश्नको उत्तर जान्ने हक छ ।’