मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ५ मंगलबार १६:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा संसदीय दलको विधान सर्वसम्मत पारित, कार्यकारिणी समितिले अनुमोदन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ५ मंगलबार १६:४७:००

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान सर्वसम्मत रूपमा पारित भएको छ । उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत २२ जना सांसद उपस्थित बैठकले सुझाबसहित सर्वसम्मत रूपमा विधान पारित गरेको हो ।

सुझाबलाई समावेश गर्न रामसहायप्रसाद यादव र मोहम्मत इस्तियाक राईलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ । विधानलाई अनुमोदनका लागि केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।