१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारबारे ओलीको टिप्पणी : टालाटुली बटुली, कति राम्री पुतली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४७:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार टालाटुली बटुली, कति राम्री पुतलीजस्तै भएको टिप्पणी गरेका छन्। पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिबारे बोल्दै ओलीले सरकार रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका छन्। 

सरकारले जनविरोधी काम गर्ने र आफूहरूमाथि षड्यन्त्र र हमला हुन सक्ने अनुमान गरेको उनले बताएका थिए। उनले आवश्यकताअनुसार सबै विषयमा प्रतिवाद गर्न तयार रहन केन्द्रीय कमिटीका नेताहरूलाई निर्देशनसमेत दिएका थिए।

भीम रावलले सांसद पदबाट दिएको राजीनामाप्रति असन्तुष्ट देखिएका उनले त्यसलाई पुनर्विचार गर्न भनेका थिए। बैठकमा उनी कांग्रेस, माओवादी र माधव नेपालप्रति आक्रोशित बनेका थिए। आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।  यस्तै, बैठकले कार्यदलको १०बुँदे सहमतिलाई अनुमोदन गरेको छ।