१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
अमुल थापा काठमाडौं
२o८१ जेठ ७ सोमबार १९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मीनेन्द्र रिजाल भन्छन्– सत्ता कसरी चल्छ अब हेर्नुहोस् 

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १९:o३:oo

कांग्रेस सांसद मीनेन्द्र रिजालले अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै एमालेले भ्रम छर्ने काम गरेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा आइतबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै रिजालले मिलेमतोमा संविधानको धारा मिच्ने कामलाई सर्वोच्च अदालतले सच्याएर संवैधानिक सर्वोच्चता स्थपित गराएको जिकिर गरे । 

सचेत मनले लेखिएको संविधान भएको उनले बताए । ०४७ सालको संविधान नभएको उनले बताए । हरेक सांसदले विवेकको मत लिएर संसद् बचाउने व्यवस्था संविधानमा गरिएको र त्यो धारा भत्काउने काम ओली सरकारले गरेको उनले आरोप लगाए । 

उनले कांग्रेस जितमा शालीनता र हारमा नम्रता देखाउने पार्टी भएको पनि बताए । 

मिलेर बनाएको संविधानलाई भत्काउँदा सबै ठीक हुने, अनि अहिले सांसद, अदालत सबैको अपमान गर्ने भन्दै उनले सचेत गराए । एमालेलाई अहंकार नबोक्न अनुरोधसमेत गरे । 

सत्ता कसरी चल्छ भनेर हेर्न उनले चुनौतीसमेत दिए । उनले अध्यादेशबाट सरकार चलाउने दुष्प्रयास ओली सरकारले गरेको पनि आरोप लगाए । मन परेको धारा रहने र मन नपरेको धारा नरहने रूपमा व्याख्या गर्नु नहुने उनले बताए । सरकारले संसद्को गरिमा बढाउने उनले बताए । 
 

ad
ad