१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o९:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१४औँ साग पाकिस्तानमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:o१:oo

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १४औँ संस्करण पाकिस्तानमा हुने भएको छ । दुई वर्षपछि सन् २०२३ को मार्चमा पाकिस्तानले १४औँ साग आयोजना गर्न लागेको हो । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार सम्पन्न भर्चुअल बैठकले १४औँ सागको मितिबारे निर्णय भएको हो । सन् २०१९ मा पाकिस्तानले १४औँ साग आयोजना गर्ने भनी झन्डा बोकेको थियो । तीन वर्षअघि काठमाडौंमा सम्पन्न १३औँ सागमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दरशथ रंशगालामा पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष सइद हेसनलाई साग आयोजनाको झन्डा हस्तान्तरण गरेका थिए । 

सागको नियमअनुसार प्रतियोगिता प्रत्येक दुई–दुई वर्षमा हुनुपर्छ । तर, विश्वभरि कोरोना भाइरसको प्रभावका कारण १४औँ सागको मिति तय भएको थिएन । भर्चुअल बैठकमा पाकिस्तानका पाँच सहरमा साग आयोजना हुने निर्णय भएको छ । जसमध्ये लाहोरलाई मुख्य आयोजना सहरका रूपमा राखिएको छ । लाहोरसँगै फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोट सहआयोजक सहर हुनेछन् । 

१४औँ सागमा २७ खेलमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । आयोजक राष्ट्रले दुई खेल समावेश गर्न पाउँछ । साग इतिहासमा १३औँ सागमा सर्वाधिक २६ खेलमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सन् २०१९ को अन्त्यसम्म सागको तयारी तथा खेलस्थल निरीक्षण गर्न पाकिस्तान ओलम्पिक कमिटीले अन्य राष्ट्रका पदाधिकारीलाई आमन्त्रण गरेको थियो । पाकिस्तानले यो तेस्रोपटक साग आयोजना गर्न लागेको हो । 

सन् १९८९ मा इस्लामावादमा पाकिस्तानले आयोजना गर्दा १० खेल समावेश गरेको थियो । त्यसपछि सन् २००४ मा पनि इस्लामावाद सहरले नै आयोजना गर्न अवसर पाएको थियो । यतिवेला १५ खेलमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पाकिस्तानसँगै नेपाल, भारत र बंगलादेशले तीन–तीन साग आयोजनाको अवसर पाएका छन् । श्रीलंकाले दुईपटक मात्रै साग आयोजना गरेको छ । अहिलेसम्म भुटान र माल्दिभ्सले साग आयोजना गरेका छैनन् । 

देशको नामको सुरुको अक्षरअनुसार साग आयोजक राष्ट्रले पालैपालो प्रतियोगिता आयोजना गर्छन् । पाकिस्तालने १९ वर्षपछि साग खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । साग इतिहासमा पाकिस्तान भारतपछि स्वर्णपदकमा धेरै जित्ने राष्ट्रमा पर्छ । पाकिस्तानले अहिलेसम्म तीन सय ६० स्वर्णपदक हात पारेको छ । सोमबारको भर्चुअल बैठकमा नेपालबाट एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटानका अध्यक्ष र महासचिवले सहभागिता जनाएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । 

ad
ad