Skip This
युनिलिभरद्वारा कोभिडविरुद्ध १० हजारभन्दा बढी सामग्री सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २९ मंगलबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २९ मंगलबार o९:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

युनिलिभरद्वारा कोभिडविरुद्ध १० हजारभन्दा बढी सामग्री सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २९ मंगलबार o९:oo:oo

नेपालमा महामारीकै रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न युनिलिभरले अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न सामग्री १० हजार थानभन्दा बढी सहयोग गरेको छ । युनिलिभर नेपाल लिमिटेडले आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय गरी विभिन्न मेडिकल तथा आपत्कालीन उपकरणहरू, जिल्ला प्रशासन कार्यालय हेटौँडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्री वीरेन्द्र अस्पताल छाउनी र नेपाल उद्योग वाणिज्य महासंघमार्फत सहयोग गरेको हो ।  

विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा तत्काल आवश्यकता परेका स्थानहरूमा अक्सिजन कन्सन्ट्रेटर्सको योगदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अक्सिजन कन्सन्ट्रेटर १ सय २८ थान, एन–९५ मास्क १ हजार ५ सय, सर्जिकल ग्लोब्स ३ हजार ४ सय, सु–कभर २ हजार, वर्किङ क्याप २ हजार र मेडिकल गगल्स २ सय थान सहयोग गरेको छ । 

सहयोग गरिएका उपकरण तथा सामानहरू मेडिकल क्षेत्रमा अग्रस्थानमा रही आफ्नो ज्यान जोखिममा राखी काम गर्ने मेडिकल कर्मचारीलाई भाइरसबाट रोकथाम तथा उपचारका लागि अत्यन्तै आवश्यक मेडिकल उपकरण रहेको युनिलिभरले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट मुख्य विशेषज्ञ डा. रोशन पोखरेलले युनिलिभर नेपाललाई कृतज्ञता व्यक्त गरी पत्र लेख्दै भविष्यमा पनि भाइरस रोकथाममा लड्नका लागि थप सहयोगको अपेक्षा व्यक्त गरेको कम्पनीले जनाएको छ । 

उपकरण हस्तान्तरणपछि कम्पनीका प्रबन्ध निर्देशक अमलान मुखर्जीले वर्तमान समयमा, कोभिडका सिकिस्त केसहरूलाई निरन्तर अक्सिजनको सप्लाई पुग्ने तरिकाले मेडिकल पूर्वाधारको भार कम गर्नुपर्ने बताए । यसका निम्ति अरू रोगका उपचारका लागि अक्सिजन थेरापीका उपकरणहरू पर्याप्त मात्रामा हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘स्वास्थ्य संकटलाई निरुपण गर्न तथा लड्न युनिलिभर परिवारले नेपाली जनताको हितका लागि अधिकारीहरूलाई हरसम्भव सहयोग जारी रहनेछ ।’

कोभिड संक्रमणका बिरामीहरूलाई हेरचाह गर्नका लागि अति आवश्यक पर्ने प्लान्ट स्थापना गर्नका लागि मेडिकल उपकरणहरूबाहेक युनिलिभरले हेटौँडामा अक्सिजन प्लान्ट स्थापना गर्न उल्लेख्य आर्थिक सहयोग गरेको जनाएको छ । 
 

ad
ad
ad
ad