१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सेफ्टिट्यांकीभित्र भेटियो सुजिताको शव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o३:oo

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुरको शव सडेगलेको अवस्थामा प्रहरीले फेला पारेको छ । सुजिता गत १९ जेठदेखि बेपत्ता थिइन् । हुलाकी राजमार्गको भ्रमरपुरा–जनकपुर सडकखण्डकै छेउमा रहेको निर्माणाधीन पेट्रोल पम्पको छेउमा रहेको जमिनमा बनाइएको सेफ्टिट्यांकीभित्र ढलान फोरेर लुकाइएको अवस्थामा प्रहरीले आइतबार शव फेला पारेको हो ।

सेफ्टिट्यांकीमुनि शव राखेर ग्राउन्ड पुनः ढलान गरिएको र सेफ्टिट्यांकीलाई काटिएको रूखको ठुल्ठूलो मुढाले छोपेर राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । सुजिता बेपत्ता पारिएको घटना अनुसन्धानकै क्रममा रहेको र अनुसन्धान गर्दै जाँदा केही ‘क्लु’ पाएपछि पछ्याउँदै जाँदा शव फेला परेको उनको भनाइ छ । सुजिताका आमाबाबुले शव आफ्नै छोरीको रहेको पुष्टि गरिसकेको विष्टले बताए । 

उनका अनुसार शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । १३ असारमा प्रहरीले शवको अवशेष हाल शव भेटिएको स्थलबाट करिब पाँच सय मिटर पूर्व खेतमा फेला पारेको थियो । त्यसपछि प्रहरीले सुजिताका देवर रूपेश ठाकुरलाई नियन्त्रणमा लिई शवको अवशेष फेला परेको स्थलमा ल्याएर खोजीकार्य गरेको थियो । तर, पनि फेला पार्न सकेको थिएन ।

भ्रमरपुरानिवासी मुकेश ठाकुरकी श्रीमती सुजिता १९ जेठमा घरबाट बेपत्ता भएकी थिइन् । त्यसपछि उनको माइती पक्षले आफ्नी छोरी खोजी दिन पिपरा प्रहरीचौकीमा निवेदन दिएको थियो । माइतीपक्षले सुजिताका ससुरा पतिराम ठाकुर र देवर रूपेश ठाकुरलगायत मिलेर उनको हत्या गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी दिन खोजेको थियो । तर, प्रहरीले तत्काल जाहेरी लिन नमानेपछि आफन्तले पुनः जिल्ला प्रहरी कार्यालयमा सोधखोजका लागि निवेदन दिएको थियो ।

प्रहरीबाट न्याय नपाउने देखेपछि पीडित पक्षले विभिन्न संघसंस्था, राष्ट्रिय महिला आयोग र अधिकारकर्मीलाई गुहा¥यो । जसबाट प्रहरीमाथि दबाब परेपछि अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा प्रहरीले खेतमा खनेर हेर्दा शवको अवशेष फेला परेको थियो । त्यहीवेलादेखि श्रीमान् र देवरसमेत पाँचजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धानलाई अगाडि बढाएको थियो । 

ad
ad