Skip This
कोपा अमेरिका : अर्जेन्टिना र कोलम्बिया सेमिफाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २० आइतबार
  • Saturday, 27 July, 2024
एजेन्सी
२o७८ असार २० आइतबार o९:o१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कोपा अमेरिका : अर्जेन्टिना र कोलम्बिया सेमिफाइनलमा

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ असार २० आइतबार o९:o१:oo

कोपा अमेरिका २०२१ को सेमिफाइनल खेल

मंगलबार : ब्राजिलविरुद्ध पेरू

बुधबार : अर्जेन्टिनाविरुद्ध कोलम्बिया

अर्जेन्टिना र कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार बिहान भएको क्वार्टरफाइनल चरणको अन्तिम खेलमा जित हात पर्दाै अर्जेन्टिना र कोलम्बियाले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । 

लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले अन्तिम क्वार्टरफाइनल खेलमा इक्वेडरलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अर्जेन्टिनाले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । 

टोलीको सुरुवाती दुई गोलको अवसर मिलाइदिएका मेसीले तेस्रो गोल आफैँले गरेका हुन् । अर्जेन्टिनालाई खेलको ४०औँ मिनेटमा रोड्रिगो डी पलले १–० ले अघि बढाएका थिए । उनले लियोनल मेसीको पासमा गोल गरेका थिए । त्यसपछि खेलको ८४औँ मिनेटमा लउटारो मार्टिनेजले मेसीकै सहयोगमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए  

खेल सकिनै लाग्दा इन्जुरी समयको पनि तेस्रो मिनेटमा मेसीले गोल गर्दै टोलीको जित ३–० ले निश्चित गरेका हुन् । अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

उरुग्वेलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै कोलम्बिया अन्तिम चारमा प्रवेश

कोलम्बिया आइतबार बिहानै भएको अर्काे खेलमा उरुग्वेलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमै टुंगिएपछि टाइब्रेकरमार्फत खेलको निर्णय लिइएको थियो । 

कोलम्बियाको जितमा गोलरक्षक डेभिड ओस्पिनाले उत्कृष्ट प्रदर्शन गरेका थिए । ब्राजिलियामा भएको खेलको टाइब्रेकरमा उरुग्वेको दुई प्रहारलाई असफल बनाउँदै उनले टोलीलाई प्रतियोगिताको उपाधितर्फ अग्रसर गराएका हुन् ।

यससँगै कोपा अमेरिकाको पनि सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टोली निश्चित भएका छन् । मंगलबार हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजक तथा साबिक विजेता ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् ।